Logo

भेट्दै पद बाँड्दै ओली



काठमाडौं, १२ मंसिर । नेकपा एमालेको महाधिवेशन रोचक मोडमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी छान्ने सर्वाधिकार पाएका छन् ।

एमालेका २ हजारभन्दा बढी प्रतिनिधिमध्ये दुई तिहाईले ओलीलाई सर्वाधिकार दिने निर्णयमा सहमति जनाएका छन् । अब ओलीले जे चाह्यो त्यही हुने भएको छ ।

महाधिवेशनमा मतदान रोक्न ओलीलाई आफूलाई अध्यक्षमा सर्वसम्मत बनाउन खोजेका छन् । तर, उपाध्यक्ष भीम रावल चुनौती बनेका छन् । उनी ब्याक नभए हात उठाएर मत गन्ने तयारी भएको छ ।

ओलीले पदाधिकारीलगायत पदमा आफू इतर समूहलाई मनाउन खोजिरहेका छन् । एक्ला एक्लै र सामूहिक रुपमा ओलीले नेताहरुलाई भेटिरहेका छन् ।

भीम रावलसँग नजिक रहेका अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई भेटेका छन् । उनीहरुलाई भेटेर रावललाई ब्याक गर्न खोजेका छन् ।

आजै पूर्वमाओवादी नेताहरुसँग समेत ओलीले भेटवार्ता गरेका छन् । ओलीसँग टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले भेटेका छन् । उनीहरुमध्येबाट बादललाई उपाध्यक्ष, रायमाझीलाई सचिव, भट्टलाई स्थायी कमिटी सदस्य दिने सहमति भएको छ । पूर्वमाओवादीले ४० जना केन्द्रीय सदस्य पाउने सहमति भएको बुझिएको छ ।

ओलीले आफू पक्षीय नेताहरुसँग पनि परामर्श गरेका छन् । ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष, सुवास नेम्वाङ र विष्णु पौडेललाई उपाध्यक्ष, शंकर पोखरेललाई महासचिव दिने तय भएको बुझिएको छ ।

पार्टी प्रतिनिधिले सर्वाधिकार दिएपछि ओली पद बाँड्न थालेका छन् । उनले निकटस्थहरुका लागि पद बाँड्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्