Logo

नेप्सेमा आज उच्च अंकको गिरावट, ५ अर्बको कारोबार



काठमाडौं, १२ मंसिर । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से ८० अंकले घटेर १६ सय ५१ दशमलव ४९ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १४ दशमलव १९ अंकले घटेर ५०१ दशमलव ४५ विन्दुमा रोकिएको हो ।

आइतबार २ सय ३४ कम्पनीको ७० हजार ८४२ पटक कारोबार भएर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबरको १ करोड १९ लाख ३ हजार २ सय २ कित्ता शेयर खरिद बिक्रि गरेको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम