Logo

ललितपुर काँग्रेस सभापतिमा जीतेन्द्र श्रेष्ठ १२ मतले विजयी



ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ १२ मतले विजयी भएका छन् । उनले रामकृष्ण चित्रकारलाई पराजित गरेका हुन् ।

पहिलो चरणमा तीन उम्मेदवार भएकोमा कसैले ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा श्रेष्ठ र चित्रकारबीच प्रतिष्पर्धा भएको हो । प्रतिष्पर्धामा श्रेष्ठ ६ मतले विजयी भएका हुन् ।

जीतेन्द्र श्रेष्ठले ६६५ मत ल्याउँदा चित्रकारले ६५३ मत ल्याएका थिए । ३ मत बदर भएको थियो । यसअघि हिजोको चुनावमा चित्रकारले ५०४, श्रेष्ठले ४८२ र मिनकृष्ण महर्जनले ३३६ मत ल्याएका थिए । १० मत बदर भएको थियो ।

जीतेन्द्र श्रेष्ठ काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् । उनलाई केन्द्रीय सदस्य सुजाता कोइरालाको पनि बलियो समर्थन थियो । तर, उनलाई संस्थापन पक्षका उदय शमशेर राणा र जीतजङ्ग बस्नेतको पनि समर्थन थियो ।

जिल्लामा पुराना नेता ओमकारप्रसाद श्रेष्ठ, मथुरा घिमिरे, प्रकाशनन्दन जोशी, प्रेमकृष्ण महर्जनलगायतले पनि श्रेष्ठलाई साथ दिएका थिए ।

अन्तिम समयमा मिनकृष्ण महर्जन रामकृष्ण चित्रकारको पक्षमा खुलेका थिए । यसले चित्रकारको पल्लाभारी हुने ठानिएको थियो । तर, रोचक भिडन्तमा श्रेष्ठले बाजी मारे ।



प्रतिक्रिया दिनुहोस्