Logo

प्राइम कमर्सियल बैंकको साधारण सभा पुस ६ गते, कस्ता छन् एजेन्डा ?



काठमाडौं, १२ मंसिर । प्राइम कमर्सियल बैंक लिमिटेडले साधारण सभा पुस ६ गते बोलाएको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १४औं सभा कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

बैंकको सभाले शेयरधनीहरुलाई सञ्चालक समिति प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित जनाइएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते एक दिन बुक क्लोज गर्ने भएकोले मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्