Logo

पदाधिकारीसहित केन्द्रीय सदस्यहरु चयन गर्न लिष्ट तयार, अहिले ओली, विष्णु पौडेल र प्रदीप ज्ञवाली निर्णायक छलफलमा



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन् । हिजो नै बन्दसत्रले नेतृत्व चयनको लागि अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिईसकेको छ । तर, अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका भीम रावलले भने कुनैपनि हालतमा आफू ब्याक नहुने बताईसकेका छन् ।

अहिले अध्यक्ष ओली बसेको पार्क सफारी होटेलमा सहमतिको लागि निर्णायक छलफल चलिरहेको छ । अहिले अध्यक्ष ओलीसँग उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले छलफल गरिरहेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यहरुको लिष्ट तयार भएको बताईएको छ ।

नेता विष्णु पौडेलले संक्षिप्त कुरा गर्दै भने,‘आज सहमति हुन्छ । अहिले केहीबेरमा सुखद् समाचार सुन्न पाउनुहुन्छ ।’ होटेल परिसरमा भेटिएका एक नेताकाअनुसार भीम रावलको सहमतिमै सबै लिष्ट तयार पारिएको जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्