Logo

एमाले महाधिवेशन : ७ बजेबाट बन्दसत्र सुरु हुने



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ ।

अहिले पदाधिकारी र ३०१ केन्द्रीय कमिटीको नाम फाईनल गर्न अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । यसको लागि उनले संगठन विभाग प्रमुख विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग छलफल गरिरहेका छन् ।

हिजोदेखि सुरु भएको बन्दसत्रले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । तर, भीम रावलले भने आफू अध्यक्षको उम्मेद्धवारीबाट कुनैपनि हालतमा ब्याक नहुने बताईसकेका छन् । अब अध्यक्षमा चुनाव भयो भने भीम रावलकै कारण हुने सम्भावना रहेको नेताहरु बताउँछन् । file photo



प्रतिक्रिया दिनुहोस्