Logo

यु–१९ पुरुष राष्ट्रिय क्रिकेटः बागमतीमाथि प्रदेश २ को जित



काठमाडौं, १२ मंसिर । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले दोस्रो जित निकालेको छ ।

प्रदेश २ ले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

आज भएको दोस्रो खेलमा बागमतीले दिएको २ सय ५४ रनको लक्ष्य प्रदेश २ ले ४१ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रदेश २ लाई जित दिलाउन सन्तोष कार्कीले १ सय ११ रनको शानदार सतकिय पारि खेलेको थिए । कार्कीले १४ चौका र ३ छक्काको मद्दतमा सतक प्रहार गरेका हुन् ।

यस्तै, कप्तान विवेक यादवले पनि ८६ रनमा अविजित रहेका थिए । उनले पनि ६ चौका र ७ छक्का प्रहार गरेका थिए ।

बागमतीका लागि तिलक भण्डारीले सर्वाधिक २ विकेट लिदा प्रतिज विसी र प्रशान्त महतले समान एक÷एक विकेट हात पारेका थिए ।

यस अघि टस हारेर पहिले ब्यटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको ३ बल बाँकी रहँदै अलआउट हुँदै २ सय ५३ रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि स्वप्निल अधिकारीले सर्वाधिक ८५ रनको योगदान गरे । अधिकारीले ८३ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

ओपनर विपिन शाहीले पनि अर्धशतक पुरा गर्दै ८३ बलमा ५९ रन जोडेका थिए । शाहीले ६ चौका र एक छक्का प्रहार गरे ।

प्रदेश २ का लागि पुरज ढुंगेलले सर्वाधिक ३ विकेट लिए भने प्रदिप पासवान, अजय यादव, गुल्सन झा र विवेक यादवले समान एक÷एक विकेट हात पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्