Logo

दुई दिन मात्र एसएसपी



काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीमा एकजना एसएसपीले दुई दिन पदमा रहेर अवकाश पाएका छन् । सुदीप राजभण्डारीले शुक्रबार पदबाट अवकाश पाएका हुन् ।

बढुवा भई बुधबार फुली थपेका राजभण्डारीले शुक्रबार मध्यरातिबाट अवकाश पाए । उनको बिदाई पनि भयो ।

बढुवा भएपछि उनीसहितका एसएसपीहरुलाई निमित्त आइजीपी निरजबहाुदर शाहीले फुली लगाइदिएका थिए । तर, उनको पदस्थापना हुन पाएन । ५५ वर्षीय उमेरहदका कारण राजभण्डारीले अवकाश पाए । उनी २०४९ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । तर, बढुवामा ढिलो पर्दा एसपीमै अवकाश हुने अवस्थामा थिए । तर, अन्तिम समयमा उनको बढुवा भयो ।



प्रतिक्रिया दिनुहोस्