Logo

काँग्रेस झापा सभापतिमा सिटौलानिकट थेवे विजयी



काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । उनले रामबहादुर कट्टेललाई पराजित गर्दै सभापतिमा जित हासिल गरेका हुन् ।

थवेले १७३५ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी कट्टेलले १५१५ मत प्राप्त गरे । थेवे काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटोला पक्षधर हुन् । कट्टेल काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा निकट हुन् ।

झापामा सिटौला र शर्माबीच जिल्लामा पकड बनाउने प्रतिष्पर्धा चल्दै आएको छ । जिल्लामा यी दुई नेताबीचको टकरावको असर केन्द्रसम्म पर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्