Logo

ओलीले राति पारेर धाँधली गर्न लागेको भीम रावलको आरोप



काठमाडौं, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले दिनभर बैठक नगरेर एकैपटक साँझ ७ बजे बैठक गर्ने सूचना जारी गर्नुलाई धाँधलीको संकेत भनेका छन् ।

आज ट्वीट गर्दै रावलले ओलीले अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाए । उनले भने, ‘दिनभर बैठक नगरेर प्रतिनिधिहरुलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो ।’

ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिन लागेका रावलले प्रचारप्रसार गरिरहेका छन् । तर, उनलाई सहमतिमा ल्याउने प्रयास चलिरहेको छ । रावल ब्याक नभएर ध्वनी मतबाटै मतदानको तयारी समेत भएको छ ।



प्रतिक्रिया दिनुहोस्