Logo

एमालेमा चुनाव नगरी पदाधिकारीसहित केन्द्रीय समिति टुंगो अन्तिम चरणमा



चितवन, १२ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा निर्वाचन नहुने निश्चितप्रायः भएको छ । महाधिवेशन प्रतिनिधिहरुले ओलीलाई पदाधिकारीसहित केन्द्रीय समिति सदस्यसम्म चयन गर्ने सर्वाधिकार दिएपछि त्यसको टुंगो लाग्दैछ ।

अबको केही घन्टामै सबै टुंगो लगाएर बन्दसत्रमा ओलीले नाम प्रस्ताव गर्ने भएका छन् । सहमतिका लागि बन्द सत्रको समय सारिएको छ ।

भीम रावललाई सहमतिमा ल्याउने प्रयास भइरहेको छ । तर, रावल अध्यक्षमा उम्मेदवार बनिछाड्ने अडानमा छन् । उनी उम्मेदवार बनेमा ध्वनी मतले टुंगो लगाउने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्