Logo

एमाले महाधिवेशन : महासचिवमा शंकर पोखरेललाई अघि सारे ओलीले



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अहिले ११ घण्टा ढिलो गरेर बन्दसत्र सुरु हुन लागेको छ। तर, बन्दसत्रअघि अध्यक्ष मण्डलको बैठक जारी छ । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय कमिटीको नाम अघि सारेका छन् ।

ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।

ओलीले वरिष्ठ उपाध्यक्षमा भने ईश्वर पोखरेलको नाम अघि सारेका छन् । यद्धपी उक्त पदमा ओली खेमाकै नेता सुवास नेम्वाङको दाबी छ । उनले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाईए आफूले नमान्ने सन्देश शेरधन राईमार्फत अध्यक्ष ओलीसमक्ष पठाईसकेका छन् ।

ओलीले पेश गरेको नामावलीमा भीम रावललगायतले असहमति जनाए ती पदमा चुनाव हुने पनि एमालेले तयारी गरेको छ । अहिले अध्यक्ष मण्डलको बैठक जारी छ । File Photo



प्रतिक्रिया दिनुहोस्