Logo

एमालेको १०औं महाधिवेशन : भीम रावलले अध्यक्ष पदमा मनोनयन दर्ता गराए



काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन चितवनमा जारी छ। उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका छन् । रावलले अहिले मध्यराति अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

यसअघि अध्यक्ष मण्डलको बैठक बसेको थियो । उक्त बैठकमा सहमति नभएपछि निर्वाचन आयोगले आफ्नो काम अघि बढाएको थियो । अध्यक्षमा आफ्नो मनोनय गराएपछि रावलले आफूले दाबी र घोषणा गरेअनुसार नै अध्यक्षका लागि मनोनयन दिएको जनाए ।

उनले निर्वाचन मण्डलले कतिबेला समय तोक्छ त्यती बेला नै दर्ता हुने पनि जानकारी दिए । अध्यक्ष पदमा रावलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्ने बुझिएको छ । file photo

 



प्रतिक्रिया दिनुहोस्