Logo

एमाले महाधिवेशन : निर्वाचनसम्बन्धी प्रक्रिया विहानसम्म स्थगित, रावलले मनोनयन दर्ता गर्न पाएनन्



सौराहा, १३ मंसिर :  नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया भोलि (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आजै पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

आयोगले कार्यतालिका संशोधन पनि गरेको छ । भोलि राति ९ बजेबाट मतदान भई पर्सी ३ बजेसम्म जारी रहनेछ ।  निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आजै मनोनयन दर्ता गराउन सकेनन् । अब उनले भोलि मनोनयन दर्ता गराउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot