Logo

एमाले महाधिवेशनः अहिले बिहान ९ बजेदेखि वेलुकी ४ बजेसम्म निर्वाचन



काठमाडौं, मंसिर १३ । सर्वसम्मत प्रयास असफल भएपछि आइतबार राति अबेर एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

यो समाचार तयार पार्दा निर्वाचन कार्यतालिकाअनुसारको मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी विरोध र सुधारको समय सकिएको छ । आइतबार राति ११ बजेका लागि मतदाता नामावली प्रकाशनको समय राखिएको थियो । त्यस्तै, मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको थियो ।

११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ ।

राति ११ः३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ । राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ । निर्वाचन भने सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म गर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्