Logo

धादिङ कांग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी



काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामचन्द्र पौडेल पक्षका नेता रामनाथ अधिकारी विजयी भएका छन् ।

अधिकारीले नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानालाई ३६ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षका नेता ढुंगानाले एक हजार ४६ मत पाए पाएका छन् भने अधिकारी एक हजार ८२ मतसहित विजयी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्