Logo

चेल्सी र म्यानचेस्टर युनाइटेडको बराबरी



काठमाडौं, मंसिर १३ । इङ्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले एकरएक गोलको बराबरी खेलेका हुन् ।

स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको लागि जोर्जिन्होले एक गोल गर्दा युनाइटेडको लागि जेडन सान्चोले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा सान्चोले काउन्टर अट्याकमा गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए ।

६९ औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । वान बिसाक्काले थियागो सिल्भालाई पेनाल्टी क्षेत्रमा फावल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

बराबरसँगै दुवै टोलीले एकरएक अङ्क जोडेका छन् । बराबरीमा बाबजुत चेल्सी १३ खेलबाट ३० अङ्क जाड्दै लिगको शिर्ष स्थानमा यथावत छ । युनाइटेड समान खेलबाट १८ अङ्क जोड्दै आठौं स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्