Logo

ज्योति विकास बैंकद्धारा मातातिर्थ वृद्धाश्रमलाई सहयोग



काठमाडौं, १३ मंसिर । ज्योति विकास बैंकले काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु हस्तान्तरण गरेको छ । आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठद्वारा वृद्धाश्रम समितिका कार्यालय प्रमुख श्रीराम थापालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आश्रममा आश्रित वृद्धाका लागि बढ्दै गएको चिसो मौसमको लागि उपयुक्त न्यानो कपडा सहयोग गरेको हो ।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।



प्रतिक्रिया दिनुहोस्