Logo

अब हिमालयन बैंकको शाखा मणिग्राममा



काठमाडौं, १३ मंसिर । हिमालयन बैंकले थप नयाँ शाखा बिस्तार गरेको छ। लुम्बिनी प्रदेशको रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राममा शाखा विस्तार गरेको हो ।

बैंकले शुक्रबारबाट मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो । शाखाबाट बैंकले प्रदान गर्दै आएका सबै किसिमका बैंकिङ सेवा प्रदान गरिने बैंकले बताएको छ ।

बैंकले हाल ७२ शाखा र ५ विस्तारित काउन्टर तथा १४६ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्