Logo

राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्रमा गल्ती नै गल्ती



काठमाडौं, १३ मंसिर । गणक र सुपरीवेक्षसँग सही तथ्याङ्क ल्याउन सिकाउने केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्रमा गल्ती लेखेको देखिएको छ ।

विभागले गणक र सुपरीवेक्षकलाई प्रदान गरेको नेपाली र अंग्रेजी भाषामा लेखिएको प्रमाणपत्रमा अंग्रेजी शब्दको हिज्जे नै गलत लेखेको पाइएको हो ।

अनुभवलाई अंग्रेजीमा experience लेख्दा र सफलतापूर्वकलाई successfully लेख्दा शब्दको गलत हिज्जे प्रयोग गरिएको फेला परेको छ । प्रमाणपत्रमा exeprience लाई exeprience र successfully लाई sucessfully हिज्जे उल्लेख गरिएको छ । लाखौं खर्च गरेर छपाई गरेको प्रमाणपत्रमा केन्द्रीय तथ्याङ्क विभागले चरम लापरबाही गरेको देखिन्छ ।

केन्द्रीय तथ्याङ्क विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा मातृ मृत्युदरसमेत पत्ता लगाउन सक्रिय सुपरीवेक्षक र गणकसँग सही विवरण खोज्ने निकायले गलत हिज्जे राखेर राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्र वितरण गरेको हो । यो प्रमाणपत्र सार्वजनिक भएपछि अंग्रेजी भाषामा कमजोर पकड भएका जनशक्ति केन्द्रीय तथ्याङ्क विभागमा रहेछन् भनेर सुपरीवेक्षक र गणकले सामाजिक सञ्जालमार्फत व्यंग्य हान्न थालेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्