Logo

कांग्रेस नुवाकोटको सभापतिमा महत निर्वाचित



नुवाकोट, १३ मंसिर । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत निर्वाचित भएका छन् । कांग्रेसको १४औं महाधिवेसनअन्तर्गत जिल्ला सभापतिमा महतले ८ सय ३३ मतसहित प्रतिद्धन्द्धी डा. केदारनरसिह केसीलाई १० मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

कुल १ हजार ७ सय ६८ मतदातामध्ये १ हजार ७ सय ४७ मत खसेको थियो । यस्तै, महत पक्षवाट उप–सभापतिमा उम्मेदवारी दिएका सन्तमान तामाङ र राजु थापा क्रमशः ८ सय ४६ र ७ सय ५१ मत सहित विजयी भए ।



प्रतिक्रिया दिनुहोस्