Logo

ज्ञवाली, गुरुङ र रिमाल उपमहासचिवमा निर्विरोध निर्वाचित



चितवन, मंसिर १३ । नेकपा (एमाले)को उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन । तोकिएको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि तीनै जना निर्विरोध निर्वाचित भएका हुन् । आज विहान १० बजेसम्म समयसीमा तोकिएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि उपमहासचिवमा नपरेपछि ज्ञवाली, गुरुङ र रिमाल सर्वसम्मत उपमहासचिव भएका हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएकाहरुको नाम औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्