Logo

चीनले पूर्वी लद्धाखमा क्षेप्यास्त्र र रकेट तैनाथ गर्नुका साथै नयाँ राजमार्ग निर्माण गर्दै



एजेन्सी, १३ मङ्सिर। चीनले भारतको पूर्वी लद्धाख क्षेत्रमा नयाँ राजमार्ग निर्माण गरिरहेको जनाइएको छ । चीन–भारतबीच बढ्दो सैन्य तनावकाबीच चीनले उक्त क्षेत्रमा क्षेप्यास्त्र र रकेट तैनाथ गर्नुका साथै नयाँ राजमार्ग र सडक निर्माण गरिरहेको स्रोतले बताएको हो।

चिनियाँ सेनाले पूर्वी लद्धाख क्षेत्रको विपरित क्षेत्र अक्साई चिन क्षेत्रमा नयाँ राजमार्ग निर्माण गरिरहेको इन्डिया टुडेमा खबर छ। उच्चस्तरिय स्रोतले ड्रोन निगरानीमार्फत् उक्त जानकारी लिएको बताइएको छ। इन्डिया टुडेलाई बताएअनुसार सेनाले नयाँ राजमार्ग मात्र नभई त्यस क्षेत्रको सडक विस्तारका साथै क्षेप्यास्त्र र रकेट राख्ने ठाउँ बनाइरहेको छ।

चीन-भारत सीमानजिक स्वाशासित तिब्बत क्षेत्रमा भने चिनियाँ सेनाले क्षेप्यास्त्र र रकेटहरु राखिसकेकोसमेत स्रोतले बताएको छ। पछिल्लो समय चीन र भारतका सैनिक पक्षबीच भएको १३औं पटकको बैठकमा भारतले चिनियाँ सेनाले सीमा क्षेत्रमा विस्तार गरेको सैन्य पूर्वाधार सम्बन्धमा चिन्ता व्यक्त गरेको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्