Logo

दक्षिण अफ्रिकाले भन्यो-नयाँ भेरियन्ट पत्ता लगाउँदा आफू दण्डित भएको हो



एजेन्सी, १३ मङ्सिर। दक्षिण अफ्रिकाले कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाउँदा आफू दण्डित भएको गुनासो गरेको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउँदा प्रशंसा गर्नुको सट्टा आफू दण्डित भएको गुनासो दक्षिण अफ्रिकाले गरेको हो।

नयाँ भेरियन्ट पत्ता लागेसँगै संसारका विभिन्न मुलुकले दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकको यात्रामाथि प्रतिबन्धको घोषणा गरेपछि त्यहाँको विदेश मन्त्रालयले उक्त प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

दक्षिण अफ्रिकाका वैज्ञानिकको टोलीले बुधबार नयाँ भेरियन्ट पत्ता लागेको घोषणा गरेका थिए। शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ भेरियन्टको ओमिक्रोन राख्दै ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा बर्गीकरण गरेको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्