Logo

सेनाविरुद्ध लड्न म्यानमारका लोकतन्त्र समर्थकले जुटाए ६.३ मिलियन डलर



एजेन्सी, १३ मङ्सिर। म्यानमारका लोकतन्त्र समर्थक गठबन्धनहरुले करिब ६.३ मिलियन अमेरिकी डलर रकम जम्मा गरेका छन्। उनीहरुले सैन्य शासनविरुद्ध लड्न उक्त रकम जम्मा गरेका हुन्। उक्त रकम करिब ३ दिनमा जम्मा भएको जनाइएको छ ।

सैन्य शासन हटाउन देशविदेशबाट आर्थिक सहयोग प्राप्त भइरहेको त्यहाँका लोकतन्त्र समर्थक गठबन्धनहरुले बताएका छन्। उक्त सहयोग उपलब्ध गराउनेमा अधिकांश विदेशमा रहेका म्यानमार नागरिकहरु रहेको बताइएको छ।

साथै लोकतन्त्र समर्थक गठबन्धनहरुले आगामी महिनाभित्र करिब १ अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखेको बताइएको छ। फेब्रुअरी १ मा म्यानमार सेनाले सत्ता कब्जामा लिएपछि त्यहाँ सैन्य शासनविरोधीहरुले विरोध तथा प्रदर्शन जारी राखेका छन्। म्यानमार सेनाले देशभित्र अत्याचार गरिरहेको बताइन्छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्