Logo

क्याट्रिना–विक्कीको विवाहमा को–को सहभागी हुने, राजस्थानका ४५ वटा होटल बुक



एजेन्सी, १३ मंसिर । बलिउडका कलाकारहरु क्याट्रिना कैफ र विक्की कौशलको विवाह पछिल्लो समयमको हट न्युज हो । कलाकार द्धयको डिसेम्बर ७ मा राजस्थानमा विवाह हुँदैछ ।

राजस्थानमा हुने विवाहमा को–को सहभागी हुने

भारतीय क्रिक्रेटर विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्मा छोरी वामिकासहित विवाहमा सहभागी हुने भएका छन् । विवाहमा साहरुख खान र सलमान खान भने सहभागी नहुने भएका छन् । सलमान खान सोही मितिमा विशेष शो को लागि विदेश जाने भएका छन् । उनका बहिनीहरु अर्पिता र अलवीरालाई खास निम्तो गरिएको छ । उनीहरु क्याट्रिनाको मिल्ने साथीहरु हुन् ।

त्यस्तै वैवाहिक कार्यक्रममा शाहरुख खान नजानुको कारण उनको फिल्म पठान हो । पठानको शुटिङमा व्यस्त भएकोले उनी नजाने भएका हुन् । क्याट्रिना–विक्कीको विवाहको लागि राजस्थानमा ठुला ४५ वटा होटल बुक गरिएको छ । विवाह ७ डिसेम्बरबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्