Logo

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार



काठमाडौँ, १३ मङ्सिर: नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।

गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उहाँको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिईन् । विशेष गरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए ।

उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिईन् ।

नेता पुन गत असोज १३ गते उपचारका लागि बैंकक जानुभएको थियो । नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराएको नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्