Logo

नर्भिकमा शनिबार बालरोग र युरोलोजिष्ट विशेषज्ञको टिमले निःशुल्क ओपीडी सेवा दिने



काठमाडौं, १३ मंसिर । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । आगामी शनिवार हस्पिटलका दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका हुन् ।

नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपीडीबाट लाभ लिन सक्नेछन् । त्यस्तै, अस्पतालको अनुसार प्रोस्टेट ग्रन्थी, मृगौला, मुत्रनली, मुत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरूले डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपीडीबाट लाभ लिन सक्नेछन् । डा. श्रेष्ठसँगै डा. सञ्जीव श्रेष्ठलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत रहनेछन् । शनिवारको निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरूलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत अस्पतालले जानकारी दिएको छ ।
शनिवार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको युरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन गर्ने भएका छन् ।

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस्