Logo

भण्डारीको हत्याका आरोपी पक्राउ



बझाङ, १३ मंसिर । पिरू भण्डारीको हत्यामा संम्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जयपृथ्वी नगरपालिका–७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र थापा शनिबार पक्राउ परेका हुन् ।

रोजगारीको लागि भारततर्फ जाँदै गरेका छोरालाई सडकसम्म गएर बस चढाई घरतर्फ फर्किने क्रममा मादक पदार्थ सेवन गरेका पीरूले सोही ठाउँस्थित दिपेन्द्रको पानी घट्टभित्र दिपेन्द्रलाई गालीगलोज गरेको र दिपेन्द्रले सम्झाउँदा उल्टै बलेको अगुल्टोले प्रहार गरेपश्चात दिपेन्द्रले कुटपिट गर्दै वाहिर धकेल्दा पछारिई घाइते भएका पीरूको उपचारको लागि जिल्ला अस्पताल बझाङ पुर्‍याउँदा मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले दिपेन्द्रलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्