Logo

लागूऔषधसहित पक्राउ



नवलपरासी(पूर्व),१३ मंसिर । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका–१४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उक्त चोकमा उनलाई जाँच गर्ने क्रममा ७ एम्पुल डाइजेपाम, ७ एम्पुल नुफिन र ७ एम्पुल फेनारगन सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उनको घरबाट समेत ६० एम्पुल डाइजेपाम, ६० एम्पुल नुफिन र ६० एम्पुल फेनारगन फेला पारी बरामद गरेको जनाएको छ ।

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका–१६ रजयन्तीबाट ३ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ संगमचोक डेरा गरी बस्ने भारत प्रसौना घर भएका २० वर्षीय संजय बानियाँलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकमा पुरिया बनाई ल्याउँदै गरेको उक्त खैरो हेरोइन सहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्