Logo

कोरोना संक्रमित भीम आचार्यले सामाजिक सञ्जाल र फोनबाट मागे मत



काठमाडौं, १३ मंसिर । नेकपा एमालेका सचिव भीम आचार्य कोरोना भाइरसको संक्रमित छन् । उनी आइशोलेशनमा छन् । यसकारण चितवनमा जारी महाधिवेशनमा सशरीर उपस्थित हुन पाएनन् ।

आचार्यको नाम पदाधिकारीमा परेन । उनले निकटस्थमार्फत् मनोनयन दर्ता गराएका छन् । सचिवका लागि प्रतिष्पर्धामा उत्रिएका आचार्यले आफ्नो योगदानलाई सही मूल्यांकन गरी मत दिन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

कमरेडहरु अभिवादन,
– म दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सचिव पदमा उम्मेदवार भएको कुरा जानकारी गराउँदछु ।
– कोभिड १९ संक्रमण को कारणले केहिदिन देखि बिरामी परेकाले यहाँहरुको माझमा उपस्थित भएर भोट माग्न सक्ने अवस्थामा छैन्
– पार्टीमा मेरो योगदानलाई सहि मुल्यांकन गरी मलाई यहाँहरुको अमुल्य मत दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।
भीम आचार्य
सचिव
९८४१९९३९७७



प्रतिक्रिया दिनुहोस्