Logo

वनरक्षक मृतावस्थामा फेला



कर्णाली, १३ मङ्सिर: सुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका–४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृतावस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका– १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । उनलाई चौकुने गाउँपालिका– ४ भुँडेभावरका रहेको कर्णाली सामुदायिक वनका अध्यक्ष गङ्गाराम बिसीको घरमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

बिसीको घरमा बसेका वनरक्षक बिहान अबेरसम्म नउठेपछि ९ बजे उनको सुत्ने कोठामा हेर्दा कुनामा मृतावस्थामा भेटिएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको घर्तीले बताए । सोमबार इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली पुगेर स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको तर जाहेरी नआएकाले परीक्षण नभएको प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्