Logo

ओलीले नेतृत्व गरेको एमालेभन्दा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) बलियो छ : सोम पाण्डे (भिडिओसहित)



काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेको भएपनि त्यो एकता बचाउन नसकेको स्पष्ट पारेका छन् । उनले ओलीलाई असफल नेताको संज्ञासमेत दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालले १५ वर्षको अवधिमा नेतृत्वमा हुँदा जबजलाई जनतामा आकर्षण बढाएको दाबी गरे ।

उनले आफ्नो पार्टी एमालेभन्दा बलियो अवस्थामा रहेको सुनाए । उनले माधव नेपाल सबै प्रदेशमा एमालेभन्दा बलियो रहेको सुनाए । उनले ओलीले पार्टी पद्धती र सिद्धान्तलाई छाडेको आरोप लगाए । उनले एमाले त अहिले ९९ प्रतिशत ओली कम्पनीमा रुपान्तरित भएको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्