Logo

भीम रावलले कति मत ल्याउलान् ?



चितवन, १३ मंसिर । नेकपा एमालेको अध्यक्षमा कस्ले जित्ला भन्ने चासो छैन । एमाले अध्यक्ष केपी शर्मा ओली फेरि दोहोरिने निश्चित जस्तै छ । तर, ओलीलाई अध्यक्षमा चुनौती दिएका उपाध्यक्ष भीम रावलले कति मत ल्याउलान् ? चासोको विषय बनेको छ ।

नेकपा एमालेका २२ सय प्रतिनिधि मध्ये रावलले झण्डै एक हजार मत ल्याउने उनी पक्षधरको दाबी छ । एमाले फुटेर ओलीइतर समूह बाहिरिइसकेकाले उनकै वर्चश्व छ । तैपनि, ओलीप्रति असन्तुष्टहरुको उल्लेख्य संख्या एमालेभित्र छ । उनीहरुको मत रावललाई नै जान सक्छ ।

रावलले ५ सय मत कटाउने आँकलन गरिएको छ । पदाधिकारी बन्न नपाएका र केन्द्रीय सदस्य बन्न नपाएकाहरु असन्तुष्ट भएका छन् । उनीहरुले पनि ओलीलाई मत नदिने अवस्था विकास हुनसक्छ ।

भविष्यमा ओलीविरोधी समूहको नेतृत्व गर्ने रणनीतिका साथ रावलले उम्मेदवारी दिएका छन् । उनले आजको चुनावबाट प्राप्त मतलाई हेरेर भावी कदम चाल्ने बुझिएको छ । ओलीको उत्तराधिकारी नभई चुनौती दिदै एमालेको नेतृत्वमा पुग्ने महत्वाकांक्षा रावलले लिएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्