Logo

कमल थापालाई ऋषि धमलाको प्रश्न : तपाईँले किन केपी ओलीको प्रशंसा गर्नुभयो ? (भिडिओसहित)



काठमाडौं, १३ मंसिर । राप्रपाका अध्यक्ष कमल थापाले एमालेको १०औं महाधिवेशनको उद्घाटनसत्रमा अतिथिको रुपमा शुभकामना सन्देश दिँदा आफूले देखेको कुरा बोलेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीको सकारात्मक कुरा गरेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओली नेतृत्वको सरकारमा आफू पनि सहभागी भएको र नाकाबन्दीको डटेर सामना गरेको स्मरण गराए ।

त्यस्तै, मधेशमा आन्दोलनको आगो बलेको र त्यसलाई पनि हल गरेको उनको भनाई थियो । उनले आफूले पार्टीको नेतृत्वको गरेको पनि लामो समय भएको सुनाए ।

उनले आफूले नेतृत्व गरेको राप्रपा नेपाललाई शून्यबाट ४ हुँदै, २६ र ३७ सिटसम्म पुर्याएको पनि स्मरण गराए । उनले आफूले आगामी दिनमा पार्टीलाई फुट्न नदिने आधार तयार पारेको पनि सुनाए । उनले हिन्दूराष्ट्र र राजसंस्थाको स्थापनाको लागि आफूहरु सक्रिय रुपमा अघि बढेको विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्