Logo

ओलीको करिष्म्याटिक लिडरसिप देखियो, एमाले अब जगबाटै उठ्छ भन्ने सन्देश दिएको छ: प्रमुख सचेतक भट्टराई



चितवन, १३ मंसिर । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दशौ महाधिवेशनले कार्यकर्ताहरुको निकै उत्साह बढाएको बताए । नेता भट्टराईले ठुलो संख्यामा कार्यकर्ताको उपस्थिति, विदेशी पाहुनाको उपस्थिति, जनताको उत्साह र अध्यक्ष केपी शर्मा ओलीको करिष्म्याटिक लिडरसिप सहित पार्टीका धारणाले एमाले बलियो राजनीतिक शक्तिको रुपमा जगबाटै उठ्छ भन्ने महत्वपुर्ण सन्देश दिएको बताए ।

पत्रकारसँग कुरा गर्दै भट्टराईले संसदको विषयमा अहिले केही नसोचेको जिकिर गरे । संसद अधिवेशन नयाँ ढंगले आह्वान भइसकेपछि फेरी संसदीय बैठक बस्नेमा आफु ढुक्क रहेको भन्दै उनले भने, ‘उच्च तहको नेतृत्वमा छलफल हुन्छ । हामीले जे मुद्दा संसदमा उठाएका छौ, ति मुद्दाहरु अहिलेपनि अनुत्तरित छन् । ती मुद्दाहरुको ठोस सभामुख र संस्थापनले निरुपण गरेको छैन् ।’
यस्तो अवस्थामा चालु पुर्ववत आन्दोलन यथावत रहेको भन्दै अझ बलशाली रुपमा अगाडी बढ्ने उनको भनाई थियो । राज्यसत्ताले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्