Logo

ताइवानको हवाईक्षेत्रमा पुनः पस्यो चीनको २७ युद्धविमान



एजेन्सी, १३ मङ्सिर: चीनले ताइवानको हवाईक्षेत्रमा पुनः २७ वटा युद्धविमान उडाएको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य विमानहरू एयर डिफेन्स आइडेन्टिफिकेसन जोनको दक्षिणपश्चिम क्षेत्रमा आइतवार प्रवेश गरेको बताएको छ ।

ताइवानको रक्षा मन्त्रालय आइतबार टापुमा चिनियाँ युद्धविमानको विपक्षमा आफ्नो युद्धविमान तैनाथ गरेको समेत जनाएको छ। चीनको सेनाले ताइवान जलसन्धिमा युद्धको तयारी अभ्यास गरेको केही दिनपछि चीनका विमान यसरी ताइवानको हवाईक्षेत्रमा प्रवेश गरेका हुन् । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डलले ताइपेको भ्रमण गरी समर्थन जनाएपछि चीनको प्रतिक्रिया आएको हो ।

अमेरिकी राजनीतिकर्मीहरूले गर्ने ताइवानको भ्रमणलाई चीनले निन्दा गर्ने गरेको छ । ताइवान कार्ड खेल्नु हारको बाटो भएको चीनको चेतावनी छ । अमेरिकी सांसदहरूले अस्चर्यजनक रुपमा ताइवानकी राष्ट्रपतिसंग भेटेका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्