Logo

घनश्याम भुसालले जित्लान् ?



चितवन, १३ मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल विचारको राजनीति गर्ने नेताका रुपमा चिनिन्छ । एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको पदाधिकारीको सूचीमा भुसाल परेनन् ।

भुसालले उपाध्यक्ष दाबी गरेका थिए । सूचीमा नपरेपछि उनले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको नाम सूचीमा परेको छ । तर, भुसालले चुनौती दिएपछि कुनै एक उम्मेदवार हट्ने निश्चित छ ।

भुसालले ओलीको सूचीमा परेका ५ उम्मेदवारभन्दा बढी मत ल्याए निर्वाचित हुनेछन् । उनको उम्मेदवारीले अध्यक्ष केपी शर्मा ओली इतर समूहका शाक्य, ज्ञवाली र पाण्डेलाई पनि चुनौती बनेको छ । पूर्वमाओवादी बादलको अग्निपरीक्षा एमालेमा हुँदैछ । पौडेल र नेम्वाङको एमालेभित्रको प्रभाव पनि परीक्षण हुनेछ ।

भुसाल एमालेभित्र विचारका नेता मानिएकाले उनलाई हराउन सजिलो छैन । उनी जितेमा ओलीका विश्वासपात्र पौडेल र नेम्वाङ मध्येका एक, ओलीइतर समूहका शाक्य, ज्ञवाली र पाण्डेमध्ये एक वा पूर्वमाओवादी बादल उपाध्यक्ष बन्न पाउनेछैनन् ।



प्रतिक्रिया दिनुहोस्