Logo

‘मुद्दा नहेर्ने न्यायाधीश र वकिल मुर्दावाद’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १३ मंसिर । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले आज मुद्दा नहेर्ने न्यायाधीश र वकिलहरुको विरुद्धमा प्रदर्शन गरेको छ । उनीहरुले आज नयाँ बानेश्वरमा ‘जनताको मुद्दा हेर्नैपर्छ, जनताले न्याय पाउनैपर्छ’, मुद्दा नहेर्ने न्यायाधीश मुर्दावादजस्ता लगायतको नारा लगाएका थिए ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबारको राजीनामा मागेर बार आन्दोलित छ । तर, बारको आन्दोलनको औचित्यमाथि स्वतन्त्र कानून व्यवसायीहरुले प्रश्न उठाएका छन् । उनीहरुले कुनैपनि बहानामा अदालत बन्द गर्न नहुने भनाई राखेका छन् ।

तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्