Logo

शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रहरीको लाठीचार्जबाट १० जना घाइते



वीरगञ्ज, १३ मंसिर । विद्यार्थीहरुले शिक्षकको माग गर्दै वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुर बजारमा आज चक्काजाम गरेका छन् । सोमबार बिहान ११ बजेदेखि २ बजेसम्म चक्काजाममा उत्रिएका विद्यार्थीहरुको आन्दोलनमा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीहरुले अंग्रेजी र विज्ञानको विषयगत शिक्षकको माग गर्दै चक्काजाम गरेका थिए । यसअघि विद्यार्थीहरुले लिपनीविर्ता वडामा प्रदर्शन गरेका थिए ।

प्रहरीले सोमबार लाठी चार्ज गर्दा १० जना विद्यार्थीहरु समेत घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणका लागि १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्