Logo

महालक्ष्मी बैंकसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १३ मंसिर । शेयर बजारमा आज उच्च अंकको गिरावट आउँदा ४ अर्बको कारोबार भएको छ । आज २ सय २८ कम्पनीको ५१ हजार १३८ पटक कारोबार भएर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको ८२ लाख २५ हजार ८ सय २२ कित्ता शेयर कारोबार भएको हो ।

नेप्सेको अनुसार सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको आज ६१ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको १२ करोड ४९ लाख, नेपाल टेलिकमको९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्