Logo

न्यायाधीशका नाममा २० लाख उठाउने महिला पक्राउ



काठमाडौँ, १३ मङ्सिर। बलात्कार मुद्दामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । काभ्रे पनौती घर भई बुढानिलकण्ठ बस्ने रबिना थापालाई प्रहरीले पक्राउ गरेको हो ।

गत असारमा पक्राउ परेका चिनियाँ नागरिक लिउ युलाई छुटाइदिने भन्दै उनको श्रीमतीसँग थापाले २० लाख लिएकी थिइन् । मञ्जु ओलीसँग मिलेर उनले पैसा लिएको प्रहरीले जनाएको छ । ओली फरार छिन् । महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । न्यायाधीश चिनेको र घुस खुवाएर छुटाइदिने भन्दै उनले पैसा लिएकी थिइन् ।

चिनियाँ नागरिककी नेपाली श्रीमती कमला भुसालसँग उनीहरुले पैसा लिएका थिए । बलात्कार मुद्दामा पक्राउ परेका चिनियाँ भने हाल डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्