Logo

सर्वोच्च अदालतमा मंसिर १५ देखि गोला प्रथाबाट पेसी तोकिने



काठमाडौँ, १३ मङ्सिर। सर्वोच्च अदालतमा बुधबारदेखि इजलास तोक्दा गोलाप्रथा हुने भएको छ । सर्वोच्चको गत मंसिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मंसिर १५ गते देखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो ।

प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्