Logo

राजेन्द्र लिङ्देनलाई लोहनीको साथ, राणाले पनि दिने दाबी



काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ मिलेको छ । उनलाई साथ दिन लोहनी तयार भएका हुन् ।

लोहनीले मङ्गलबार पत्रकार सम्मेलन गरी लिङ्देनलाई साथ दिने औपचारिक घोषणा गर्ने बुझिएको छ । लोहनीको साथ पाएसँगै अध्यक्षको उम्मेदवारी घोषणा गरेका कमल थापाका लागि लिङ्देन ठूलो चुनौती बनेका छन् ।

यसैगरी, लिङ्देनले आफूलाई पार्टीका प्रभावशाली नेता पशुपति शमशेर राणाको साथ मिल्ने आशा व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै आफूलाई राणाको साथ मिलेको दाबी गरेका छन् ।

राप्रपाका एकमात्र प्रतिनिधि सभा सांसद लिङ्देनको उम्मेदवारीले तरंग आएको छ । उनलाई धबल शमशेरले साथ दिएका छन् । धबल महामन्त्रीका उम्मेदवार हुन् ।

कमल थापालाई राप्रपाका प्रभावशाली नेताहरु दिपक बोहरा, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङलगायतको साथ छ । तर, युवापंक्तिमा लिङ्देन प्रभावशाली बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्