Logo

ओलीलाई चुनौती, सुचीमा नपरेकाहरु निर्वाचित



काठमाडौं, १३ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतका लागि तयार गरेको सूचीमा नपरेकाहरु असन्तुष्टि पोखेर मात्र बसेनन् । उनीहरुले ओलीले तयार गरेको सूचीलाई चुनौती दिए ।

सूचीमा नपरेका कतियले उम्मेदवारी दिए । उनीहरुको उम्मेदवारी पछि सूचीमा परेका कतिपय नामहरु पछि हटे । कारण थियो पार्टीमा लामो भूमिका खेलेका र जित्न सक्ने खूबी ।

सूचीमा नपरेकामध्ये प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार निर्विरोध निर्वाचित भएका छन् । खुला महिलाबाट उषाकिरण तिमल्सेना निर्विरोध निर्वाचित भइन् ।

ओलीले सूचीमा राखेका कतिपय नामहरु उम्मेदवार दर्ता गर्न तयार नभएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

लेखा आयोगमा सूचीमा नराखिएका विष्णु पन्थी निर्वाचित भएका छन् । सूचीमा राखिएका विष्णु राउतले उम्मेदवारी नदिएपछि पन्थी निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी, ओलीलाई अध्यक्षमा भीम रावलले चुनौती दिदैछन् । उपाध्यक्षमा सूचीमा नपरेका घनश्याम भुसाल मैदानमा छन् भने सचिवमा भीम आचार्य र टंक कार्की बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्