Logo

सिंगो एमाले महाधिवेशनमा बामदेव छोरीको विवाहमा



काठमाडौं, १३ मंसिर । नेकपा एमाले १०औं महाधिवेशनमा होमिएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरु चितवनमा व्यस्त छन् । तर, सोही दलका उपाध्यक्ष वामदेव गौतम भने चितवन गएनन् । उनले पार्टी छाडेको घोषणा गरिसकेपनि नयाँ कार्यसमिति नआएसम्म पार्टीकै उपाध्यक्ष छन् ।

गौतम यतिबेला छोरी डा. विजेता गौतमको विवाहमा व्यस्त छन् । उनको छोरीको विवाहमा एमालेका कुनै नेता कार्यकर्ता देखिएनन् । गौतमले हिन्दू परम्परा अनुसार छोरीको धुमधाम विवाह गरे ।

विजेताको विवाहमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री किसान श्रेष्ठलगायत पुगेका थिए ।

गौतमले पाहुनाको खुलेरै स्वागत गरे । देउवा विवाहमा पुग्दा उनी निकै खुशी देखिए । गौतमको सक्रियता बढेको देखिन्थ्यो । उनले छोरी ज्वाईंसँग बसेर देउवासहित बसेको तस्बिर पनि खिचे ।

बामदेवका छोरा हरिश गौतमको विवाह भइसकेको छ । उनको सन्तान पनि छन् । छोरीको विवाहको साइत भने यस वर्षको मंसिरमा बल्ल जुरेको छ ।



प्रतिक्रिया दिनुहोस्