Logo

आयल निगमले वालेट सेवा सञ्चालन गर्दै, राष्ट्र बैंक सकारात्मक



काठमाडौं, १४ मंसिर । नेपाल आयल निगमले आफ्नै डिजिटल वालेटको सुरुवात गर्ने भएको छ । निगमले सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागिसो सेवा सञ्चालन गर्न लागेको जनाएको छ । निगमको अनुसार पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

वालेट सेवा सञ्चालनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि गरिसकेको निगमको भनाइ छ । वालेट सेवा सञ्चालन गर्ने अनुमतिको विषयमा केन्द्रीय बैंक सकारात्मक भएपछि निगम यसको तयारीमा अघि बढाएको निगमको भनाई छ । अहिले निगमको इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) परियोजना कार्यान्वयनको चरणमा छ । सो परियोजनालाई ५ वटा सेगमेन्टमा विभाजन गरिएकोमा ३ वटा सेगमेन्ट अहिले व्यवसायिक प्रयोगमा गइसकेको छ । बाँकी २ सेगमेन्टमध्ये डिजिटल भुक्तानीअन्तर्गत यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
मोबाइल एप्लिकेसनमार्फत् सञ्चालन हुने यो प्रणाली कार्यान्वयनमा आएपछि सो एपमार्फत् घरमै बसेर ग्यास अर्डर गर्न, बाटोमा हिँड्दा पेट्रोल पम्पको लोकेसन पत्ता लगाउन सकिने व्यवस्था गर्न सकिने निगमले जनाएको छ ।

यो परियोजना अबको ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने तयारी गरेको निगमको भनाई छ । वालेट सेवा सञ्चालनका लागि निवेदन दिएसँगै छलफल सकारात्मक भएकाले छिटै आवेदन दिने तयारी गरेको हो । अहिले राष्ट्र बैंकले यस्तो भुक्तानीमा सीमा निर्धारण गरेको छ । वालेट सेवा प्रदान गर्दा भुक्तानीको सीमाले समस्या हुनसक्ने भएपछि यसको नीतिगत सुधारका लागि समेत राष्ट्र बैंकसँग छलफल गरिरहेको निगमले जानकारी दिएको छ ।

राष्ट्र बैंकबाट समयमै अनुमति पाएसँगै ३ महिनाभित्रै यो कार्यान्वयनमा जाने गरी तयारी गरेको निगमको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्