Logo

पोखरामा यात्रुबाहक बस दुर्घटना, चालकको मृत्यु, ८ जना घाइते



पोखरा, १४ मंसिर । पोखरामा यात्रुबाहक बस दुर्घटना भएको छ । अन्नपुर्ण गाउँपालिका–३ पाउदुरमा बाग्लुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खस्दा बसका चालकको मृत्यु भएको हो । दुर्घटनामा परेर पाल्पा घर भएका चालक भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा शिवराम शर्मा, सुवर्ण सापकोटा, कृष्ण खड्का, राजु श्रेष्ठ र उमलाल श्रेष्ठ, पर्वतका सुर्य तिवारी लगायत ८ जना रहेका छन् । उनीहरुको पोखराको फिस्टेल र गण्डकी मेडिकलमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्