Logo

प्रधानन्यायाधीश जबरासँग गल्यो नेपाल बार, १ महिना बिदा बसिदिन आग्रह



काठमाडौं, १४ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन तुहिने भएपछि बारले फेश सेभिङको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्झौता गर्न लागेको छ । खासगरी प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलित बार अहिले सुस्ताएको छ । कारण-सर्वोच्च अदालत नियमित रुपमा सुचारु हुन थालेको छ।

र, अधिकांश अधिवक्ताहरु नियमित बहस तथा पैरवीमा सहभागी हुन थालको छन् । न्यायाधीशहरु पनि यही मंसिर १५ गतेदेखि गोलाप्रथा लागु हुने भएपछि सक्रियताका साथ अहिले इजलासमा फर्किएका छन् । तर, बारले भने पछिल्लो समय राजनीतिक दल गुहारेको थियो । तर, दलहरुले पनि राम्रो रेस्पोन्स नगरेपछि अहिले बारका अगुवाहरु निराश भएका छन् ।

पछिल्लो समय बारले प्रधानन्यायाधीश जबरालाई यो एक महिना विदामा बसिदिन आग्रह गरेको छ । प्रधानन्यायाधीश जबरा विदामा बसे आफूहरु आन्दोलन स्थगित् गरेर नियमित सुनुवाईमा जान तयार रहेको सन्देश बारले पठाईसकेको छ । तर, प्रधानन्यायाधीश जबराले भने आफू कुनैपनि हालतमा विदामा नबस्ने आफ्नो सन्देश पठाईसकेका छन् । अदालत कुनैपनि हालतमा बन्धक बनाउन नहुने भनेर चौतर्फी दबाब सिर्जना भैरहेको छ । स्वतन्त्र कानून व्यवसायीहरु जनताको न्याय पाउने अधिकार बञ्चित गरिनुहुँदैन भनेर सडक संघर्षमा उत्रिएका छन् ।

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण 

अहिले प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी ९एपीएफ०अस्पताल भर्ना भएका छन् । उनी हिजो (सोमबार) साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको चिकित्कहरुले बताएका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्