Logo

वाणको शैयामा बसेर भीष्मले युधिष्ठिरलाई दिएको १० उपदेश



जो आफ्नो बाटो आफै निश्चित गर्छ,उ अरुको कठपुतली बन्दैन् त्यस्ता पुरुषले सुख प्राप्त गर्न सक्छः भिष्म पितामह

एजेन्सी, १४ मंसिर । भीष्म पितामहले महाभारत युद्ध हुनु अगाडी र पछाडी निकै महत्वपुर्ण कुरा गरेका थिए । उनले धृतराष्ट्र, दुर्योधन, कृष्ण, अर्जुन र युधिष्ठिरसँग महत्वपुर्ण कुरा गरेका हुन् । वाणको शैयामा बस्दै भीष्मले युधिष्ठिरलाई सम्बोधन गर्दै यी सबै उपदेश दिएका थिए । उनले उपदेशमा राजनीति, नीति, जीवन र धर्मको कुरा गरेका छन् ।

१. यस्तो वचन बोल, जुन अरुलाई मायालु लागोस । अरुलाई नराम्रो भन्नु, निन्दा गर्नु, नराम्रो बोल्नु यी सबै त्याग गर्नु योग्य हुन्छ । अरुलाई अपमान गर्नु, अहंकार र दम्भ अवगुण हुन् ।

. त्याग बिना केही प्राप्त हुँदैन् । त्याग बिनाको परम आदर्शको सिद्धि हुँदैन। त्याग बिनाको मानिस डरबाट मुक्त हुन सक्दैन। त्यागको सहायताबाट मनुष्यले हरेक प्रकारका सुख प्राप्त गर्न सक्छ ।

. सुख दुई प्रकारका मानिसलाई मिल्छ । जो सबैभन्दा धेरै मुर्ख छ र अर्को आफ्नै बृद्धिको प्रकाशले तत्व देख्छ । जो मानिस यसैक्रममा हराउछ उ दुखी रहन्छ ।

. जो पुरुष आफ्नो भविष्यमा अधिकार राख्छ । (आफ्नो बाटो आफै निश्चित गर्छ,उ अरुको कठपुतली बन्दैन्) जसले समयानुकुल तुरुन्त विचार गर्छ र त्यसैलाई आरचण बनाउछ भने त्यो पुरुषले सुख प्राप्त गर्छ । आलस्यले मानिसको नाश गरिदिन्छ ।

. सनातन कालदेखि जब–जब कुनै स्त्रिको अपमान गरे उसको निश्चित विनाश हुनेछ । स्त्रीको पहिलो सुख नै उनको सम्मान हो । जहाँ महिला प्रसन्न हुन्छिन्, महिलालाई सम्मान गरेमा लक्ष्मीको वास रहन्छ । यदि महिलालाई केही प्रकारका दुख दिएमा उसको घरबाट लक्ष्मीसहित सबै देव–देवता पनि छाडेर जानेछन् । यी कुरा भीष्मपिता महले युधिष्ठिरलाई बताएका थिए ।

६. मनुष्य कठोर भएर आफ्नो विचारमा अडिग हुनुपर्छ ।

. व्यक्ति सधै धर्ममा रहनुपर्छ । उसको जित निश्चित हुन्छ ।

८. परिवर्तन यो संसारको अटल नियम हो । यसलाई सबैले स्विकार गर्नुपर्छ । किनकी यसलाई परिवर्तन गर्न सकिदैन् ।

९. पितामहले शासकले आफ्नो पुत्र र प्रजालाई कुनै प्रकारका भेदभाव गर्न नहुने बताएका थिए । शासनले अडिगता र प्रजाले समृद्धि प्रदान गर्छन् ।

१०. पितामहले सत्ता सुख भोग्नको लागि होइन्, कठिन परिस्थितिमा पनि समाजको कल्याण गर्नको लागि भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्